वैशाखयता चट्याङ लागेर ५२ जनाको मृत्यु, २३९ परिवार प्रभावित

काठमाडौं । नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर गत वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।

विशेषगरी चट्याङका कारण अकल्पनीय क्षति भएको छ। वैशाखदेखि साउन १५ गतेसम्म विपद्जन्य घटनामा परेर १ सय ३९ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

जसमध्ये चट्याङको कारण ५५ जनाको ज्यान गएको छ भने १४५ जना घाइते भएका छन् । २३९ घर परिवार प्रभावित बनेका छन् ।

केन्द्रका अनुसार चट्याङ लागेर ३३ जिल्लामा यो अवधिमा मानिसको मृत्यु भएको छ। केन्द्रको तथ्याङक अनुसार चट्याङ लागेर सबैभन्दा बढी बागलुङ, मकवानपुर र प्युठानमा मृत्यु भएको छ।

गत वर्ष (२०७८ साल) चट्याङ लागेर देशभर ५६ जनाको मृत्यु र १७९ जना घाइते भएका थिए। गत वर्ष चट्याङका घटनाले २ करोड १५ लाख ८१ हजार ८३० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here