काभ्रेस्थलीमा मृत भेटिएका चारजना भीमसेन गाउँपालिका-६ बोर्लाङका

काठमाडौं, १६ साउन । काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृत भेटिएका छन् ।

प्रहरीका अनुसार चारै जनाको शव घरभित्र फेला पारेको हो । एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ।

गोरखा भीमसेन गाउँपालिका-६ बोर्लाङ नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका थिए । उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला, हत्याको आशंका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here