कोरोनाबाट साउनमा मात्र १७ जनाको मृत्यु, छुटेकालाई खोप लगाउन सरकारको आग्रह

काठमाडौं । नेपालमा कोभिड संक्रमितको संख्या पून उकालो लागेको छ । साउन महिनाको शरुमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित रहेकोमा साउन १७ गतेसम्म आइपुग्दा ५ हजार १ सय ४४ जना पुगिसकेका छन् ।

यो ग्राफ क्रमशः बढ्दै गएको देखिन्छ । त्यस्तै साउनमा कोभिड संक्रमणबाट १७ जनाले जयान गुमाइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले कोभिडको ग्राफ उकालो लागेको भन्दै सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न तथा छुटेकाहरुले पूर्ण खोप लगाउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here