एमाले अध्यक्ष ओली सवार हेलिकोप्टर आकस्मिक अवतरण

फाइलफोटो

काठमाडौं, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एअरको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौंबाट रौतहटको गौरतर्फ उडेको हेलिकोप्टर आज दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछि सिम्रीक एयरको हेलिकोप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछि हेलिकोप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ ।

अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछी हेलिकोप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ। हेलिकोप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार रहेका थिए।

आकस्मिक अवतरण गरेपछि अध्यक्ष ओलि सिमरा विमानस्थलको विशिष्ट कक्षमा बसेका छन्।

ओलीको आकस्मिक अवतरण भएपछि जीतपुर सिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेलसहित एमालेका नेताकार्यकर्ता विमानस्थल पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here