भिभोले सार्वजनिक गर्यो नयाँ फोन, साढे ६ इञ्च डिस्प्ले र ५००० एमएएच ब्याट्री सुविधा

काठमाडौं, २४ साउन । भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा मंगलबार सार्वजनिक गरेको छ ।

यो फोनमा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ । युवा प्रयोगकर्ताहरुको जीवनशैलीसंग मिल्ने र दिनभर चल्न सक्ने शक्तिशाली ह्यान्डसेट चाहने युवा उपभोक्ताहरूको जीवनशैली अनुरूप वाई१५सी लाई डिजाइन गरिएको कम्पनीले बताएको छ ।

भिभो नेपालका सीईओ माइकलका अनुसार ५००० एमएएच ब्याट्रीले सुसज्जित, हालै लन्च गरिएको वाई१५सी स्मार्टफोनको अन्य उल्लेखनीय सुविधाहरूमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, शक्तिशाली एआई डुअल क्यामेरा र स्टाइलिश डिजाइन हुन् ।

यसलाई एक पटक पूर्ण चार्ज गरेपछि १८.७४ घण्टासम्म चलचित्र हेर्न वा ७.८९ घण्टा गेम खेल्न सकिन्छ । यसमा ५भोल्टको रिभर्स चार्जिङ छ, र पावर बैंक जस्ता अन्य उपकरण चार्ज गर्न प्रयोग गर्न सकिन्छ ।

वाई१५सी मा १३एमपी एआई डुअल क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेरा सेटअप छ । सेल्फीका लागि यसमा ८एमपी फ्रन्ट क्यामेरा छ ।
यो फोन मिस्टिक ब्लू र वेभ ग्रीन रंगमा उपलब्ध छ । वाई १५सी ३जीवी र्याम र ३२जीवी रोममा रु १७,९९९ मा किन्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here