कांग्रेस नेता लेखकलाई बडवाल टोलका वादी घरपरिवारले बुझाए ज्ञापन पत्र

दोधारा, २४ साउन । दोधारा चाँदनी नगरपालिकाका वादी घरपरिवारले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री रमेश दत्त लेखकलाई ज्ञापन पत्र बुझाएका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा बस्दै आएका ७ घरपरिवारले लेखकलाई आफ्नो समस्या हल गरिदिन ज्ञापन पत्र बुझाएका हुन् ।

दोधारा चाँदनी नगरपालिकामा लेखक स्थानीयहरुको घरदैलो कार्यक्रममा रहेको अवस्थामा बडवाल टोलमा रेशम बादी, सीता वादी लगायत वादी परिवारले बादी समुदायको अवस्था झल्काउदै वादी घरपरिवारको गाँस, बास तथा कपासमा सहयोग गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको रेशम वादीले बताए ।

दोधारा चाँदनी नगरपालिकाको विकास गर्ने नेताको नामबाट परिचित नेपाली काग्रेंसका नेता रमेश लेखक रहेको बताउँदै रेशमले आफुहरुको समस्या निराकरण हुनेमा आफूहरु ढुक्क भएको बताएका छन् ।

‘हामीले देखेका छौं, मन्त्री रमेशजीले दोधारा चाँदनी नगरपालिकामा थुप्रै विकास गर्नु भएको छ । तसर्थ हामी वादी परिवारको समस्या हल गर्नेमा हामी ढुक्क छौं’ रेशम वादीले भने ।

बडवाल टोलका बादी घरपरिवारहरु छाक टार्नको निम्ती दैनिक गाँउ बस्ती चाहारेर माग्ने गर्दै आएका छन् । त्रिपालमा बस्दै आएका बादी घरपरिवारका युवाहरु कामको खोजीमा भौतरिरहेका छन् ।

सरकारले उनिहरुलाई बस्नको लागी घर र छाक टार्न सानै भएपनि रोजगारी ब्यवस्था गरिदिओस भन्ने चाहान्छन् । मन्त्री लेखक संगको भेटमा बादी घरपरिवारहरुले आफुहरुको पीडा दर्शाउदै आफुहरुको माग पुरा हुनेमा ढुक्क भएको बताएका छन् ।

लेखकले वादी घरपरिवारको समस्याहरु सुनेर आफुले बादी घरपरिवारलाई आधारभुत आवश्यकता पुरा गर्न कटिबद्ध रहने बताए ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा लेखक, कांग्रेस नेता गोपाल दत्त भट्ट, बेल बहादुर राना, गोपाल गुरुङ्ग, पुष्कर जोशी, मथुरा पन्त लगाएत दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशी, स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here