वामदेव र बाबुरामलाई हँसिया हथौडा चिन्हबाट चुनाव लड्न स्वीकृति

काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा। बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेको छ ।

माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई दलको चुनाव चिह्न दिने निर्णय गरेको हो ।

‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो। त्यसको स्वागत गर्छौ। उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौं‘, बैठकपछि माओवादी केन्द्रको प्रवक्ता कृष्णबहादुर महराले भने।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दल दर्ताको समय आज सकिँदै छ । एकल चुनाव चिह्नका लागि दल दर्ता गर्दा नै निवेदन दिनुपर्ने भएकाले नेताहरू निर्वाचन आयोग जाँदै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here