नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

काठमाडौं, ३१ साउन । सत्तारूढ गठबन्धनका शीर्ष नेताले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको वैठकले संसदमा छलफलका लागि पेश भएको उक्त विधेयकलाई हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो ।

संसद्बाट बहुमतले पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार आवश्यक रहेको भन्दै प्रतिनिधिसभामै फिर्ता पठाइएको छ ।

दोस्रो पटक शीतल निवास पठाएको विधेयक राष्ट्रपतिले संसदमा फिर्ता पठाउन पाउने छैनन्। संविधानमा राष्ट्रपतिले एक पटक मात्रै विधेयक संसद फिर्ता पठाउन सक्ने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here