भदौ ८, काठमाडौं । साउन ३० गतेयता लगातार ओरालो लागेको सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रूपैयाँले बढेर ९५ हजार ३०० रूपैयाँ पुगेको छ ।
मंगलवार सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदी तोलाको ५ रूपैयाँले बढेर १ हजार १६५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १६० रूपैयाँमा कारोबार भएको थियो ।