सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ करोबार ?

फाइलफोटो

काठमाडौं, १२ भदौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here