२४ घण्टे अल्टिमेटमपछि अन्ततः फनपार्कले बुझायो काठमाडौं महानगरलाई कर

काठमाडौं, १६ भदौं । भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कले कर बुझाएको छ । बिहीबार फनपार्क सञ्चालक समूह महानगर पुगेर १७ लाख ३६ हजार रुपैयाँ राजश्व बुझाएको हो ।

काठमाडौँ महानगरपालिकाले कर नबुझाए शिलबन्दी गरिदिने चेतावनी दिएको थियो ।

महानगरपाकालाई पार्कले मनोरञ्जन कर अन्तर्गत उक्त रकम बुझाएको हो । पार्कले व्यवसाय कर अन्तर्गत डेढ लाख रुपैयाँ रकम वडालाई बुझाएको छ ।

बुधबार महानगरले २४ घण्टाभित्र कर बुझाउन अल्टिमेटम सहितको पत्र काटेको थियो । समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।

फन पार्क कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको कम्पनीले सञ्चालन गर्दै आएको छ ।

२०६२ सालदेखि सञ्चालनमा आएको काठमाडौँ फन पार्क काठमाडौँ समाज कल्याण परिषद्को स्वामित्वमा रहेको जग्गामा सञ्चालित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here