झिनो अंकले घट्यो नेप्से, टेलिकमको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा झरेको हो ।

शुक्रवार कारोबारको २ घण्टामा २१९ कम्पनीको ६९ करोड ८८ लाख ५ हजार ९५० रुपैयाँ बराबरको १८ लाख १ हजार २७३ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने १० समूहको घटेको छ ।

झिनो अंकले घटेको बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स र रुरुजलविद्युत्का शेय धनीले करिब १० प्रतिशत कमाएका छन् ।

नेप्सेका अनुसार आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक ४ करोड र अरुण काबेली साढे २ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here