‘शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौं’- शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त गर्न आग्रह गरेका छन्।

शुक्रवार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शङ्करदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पठनपठानलाई नियमित गर्न विश्वविद्यालय तालामुक्त गर्नुपर्ने बताए।

‘त्रिभुवन विश्वि विद्यालयमा तमाम समस्या छन्। ती समस्याको समाधान सहमतिबाट गरौं,वार्ताबाट गरौं। विश्वविद्यालयलाई तालामुक्त गरौं,’उनले भने। उनले विश्विविद्यालयलाई तालामुक्त गर्न अभियानमा जुट्न समेत आग्रह गरे। शिक्षा सुधार्न सकिएन भने केही पनि सुधार्न नसकिने उनको भनाइ छ।

विदेशमा विद्यार्थी जाने लहर चलेको छ । सरकार शिक्षा मन्त्रालय गम्भीर छ । रोजगार र पठनपाठनका लागि हामीले अहिले रोक्न नसकौँला आजको परिस्थितिमा । हामीसँग भएको शिक्षा हामीले नै विश्वास गर्न नसक्नु हाम्रो कतै न कतै त्रुटि हो ।

अरू देशका विद्यार्थीलाई पनि आकर्षित गर्नुपर्छ । शिक्षाविना केही राम्रो हुँदैन । शिक्षा सुधारका लागि विश्वविद्यालय राम्रो हुन आवश्यक छ उनले भने,’ शिक्षा सुधारका लागि विश्वविद्लाय राम्रो हुनुपर्छ।

विश्वविद्यालय सुधारका निम्ति विश्विविद्यालमा भौतिक पूर्वाधार, शिक्षण सिकाइमा सुधार र कानुनी सुधार हुनु आवश्यक छ।’

उनले शंकरदेव क्याम्पसमा नेपालको मात्र नभइ अन्य देशका विद्यार्थीहरु पढ्न आउने वातावरण बनाउन आग्रह गरे। उनले भने,’ म्यानेजमेन्टको क्षेत्रमा शंकरदेव क्याम्पस राम्रो छ। यो क्याम्पसलाई हेर्नलायक बनाउनुपर्छ।’ उनले शंकरदेव क्याम्पस भवनको पुनरसंचरनाको लागि आफूले सक्दो सहयोग गर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here