मौद्रिक नीति आज ४ बजे सार्वजनिक हुँदै, विग मर्जरलाई प्याकेजमा सुविधा

काठमाडौं ८, साउन । आर्थिक वर्ष सुरु भएको आठ दिनपछि आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । विग मर्जरलाई प्रोत्साहन, सवारी साधन र घरजग्गा कर्जामा कडाइलगायत विषय समेटेर राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीति ल्याउन लागेको हो ।

गभर्नर चिरञ्जीवी नेपालको यो अन्तिम मौद्रिक नीति हो । अबको ८ महिना पछि उनी अवकाश हुदैछन् । यसकारण अर्को वर्षको मौद्रिक नीति उनले सार्वजनिक गर्न पाउने छैनन ।

मौद्रिक नीति अघि बैंकलाई विग मर्जरका लागि आग्रह गरेको राष्ट्र बैंकले प्रोत्साहनका लागि विशेष प्याकेज ल्याउने भएको छ । छलफलको क्रममा मौद्रिक नीतिमै सुविधा ल्याउने कि पछि निर्देशनबाट दिने भन्ने विवाद भएको थियो । अन्त्यमा नीति मार्फत सार्वजनिक रुपमा घोषणा गरेर सुविधा प्याकेज दिन लागेको हो ।

चालू आर्थिक वर्षको मौद्रिक नीति आज बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकबाट पारित भएको छ । त्यसपछि मौद्रिक नीति सार्वजनिक हुन बाटो खुलेको हो । राष्ट्र बैंकले आज चार बजे र्याडिसन होटेलबाट सार्वजनिक गर्दैछ ।

मर्जरलाई प्रोत्साहन, सवारी कर्जामा कडाइ, प्राथमिकता प्राप्त क्षेत्रको दायरा विस्तारलगायत विविध विषय समेटेर मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here