काठमाडौं । एनआईसी एशिया क्यापिटलले घरमै डिम्याट खाता खोल्ने सेवा दिने भएको छ ।
व्यस्तताले डिम्याट खाता खोल्न नसक्ने ग्राहकलाई लक्षित गर्दै क्यापिटलले यस्तो योजना ल्याएको जनाएको छ ।
हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्नको लागि स्वयम व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था छ ।
डिम्याट खाता खोलिदिनुको साथै कम्पनीले सेयर अभौतिकीकरण गर्नको लागि आवश्यक सहजिकरण गरिदिने व्यवस्था पनि मिलाएको जानकारी दिएको छ ।
लामो समयदेखि यस क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालन गरी सहज रुपमा डिम्याट खाताको पहुँच सेवाग्राही माँझ पु-याउँदै आइरहेको छ ।