नेप्से घट्यो, १९ करोड ४१ लाख रुपैयाँ कारोबार

क्लाउडपत्रिका
काठमाडौं, २९ माघ । अघिल्लो दिन झिनो अंंकले सुधारिएको नेप्से मंगलबार ०.६७ अंकले घटेको छ । परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ ।

मंगलबार एघार समूहका कम्पनीको सेयर कारोबार भयो । ती मध्ये ६ समूहको परिसूचक बढे । बाँकी ५ समूहको घटे । तर पनि बढने भन्दा घटनु अंक धेरै भएपछि समग्र नेप्से परिसूचक करिब आधा अंकले ऋणात्मक रहयो ।

उक्त दिन चार हजार कारोबारबाट १ सय ६४ कम्पनीका ८ लाख ४६ हजार ७ सय कित्ता सेयर कारोबार भयो । ती कारोबारमा १९ करोड ४१ लाख रुपैयाँ परिचालन भएको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here