झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं, २३ भदौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पाँचौदिन शेयर बजार मापक सूचक (नेप्से) २.१३ अंकले घटेर १९३७, ७४ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२७ कम्पनीको १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँ बराबरको ३४ लाख १७ हजार ६२ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । बुधवार ८२ करोड ६२ लाख ३० हजार ५८२ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ समूहको घटेको छ ।

ग्लोबल आइएमर्ई लघुवित्त वित्तीय संस्था र मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ ।

यसको आज १३ करोड १० लाख भन्दा बढीको कारोबार भएको छ । रिडी पावरको ४ करोड ४४ लाख बढीको कारोबार भएको छ ।

नबिल बैकको ३ कारोड ३५ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here