दशैं–तिहारमा स्काइ वर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’

काठमाडौं, २३ भदौं । केएलदुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले दशैं–तिहारको अवसरमा स्काइ वर्थ होम अप्लायन्समा ‘स्काइ वर्थ’ क्यासब्याक दनादन ‘उपहार टनाटन’ सार्वजनिक गरेको छ ।

क्याम्पेनअन्तर्गत ग्राहकले स्काइ वर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

५ वर्षदेखि स्काइ वर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाइरहेको छ । यस्तै याे देशभरका उपभोक्ताकाे रोजाई बन्दै आइरहेको छ । स्काइ वर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ ।

स्काइ वर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यस ब्रान्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै चाडपर्वलाई अझै विशेष बनाउन सक्ने विश्वास स्काइ वर्थकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here