हलवाला र वितरकको रस्साकस्सीबीच ‘ऐना झ्यालको पुतली’ प्रदर्शनमा

.
काठमाडौं । शुक्रवारबाट दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘गुर्खाज बिनिथ द ब्रेभरी’ र ‘ऐना झ्यालको पुतली’ गरी दुई वटा चलचित्र प्रदर्शनमा आएका हुन्।

यी चलचित्र हलवाला र वितरकबीचको लामो रस्साकस्सीबीच आज चलचित्र प्रदर्शन आएका हुन् । ‘ऐना झ्यालको पुतली’ लाई रिलिजको अघिल्लो दिनसम्म पनि शो उपलब्ध नगराएको भन्दै विरोधमै उत्रिनु परेको थियो ।

कलाकार समाज, नेपाल चलचित्र निर्माता संघले विज्ञप्ति नै जारी गर्नु परेको थियो भने कलाकारहरुलेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए ।

ऐना झ्यालको पुतलीका निर्देशक सुजित विडारी हुन्। यो चलचित्रमामा दिनेश खत्री, सिरु विष्ट, कञ्चन चिमरिया लगायतको अभिनय छ।

यो चलचित्रले दुई बालबालिकाको मनोविज्ञान, सपना र संघर्षमा केन्द्रित छ। चलचित्रले ले बाल्यकालको याद दिलाएर नोस्टाल्जिक बनाउने बताइएको छ। रङ्गकर्मीलगायतले यसको प्रशंसा गरेका छन् ।

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अस्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ ।

बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशी रहेको ‘न्यु करेन्ट सेक्सन’मा समेत यो फिल्म छानिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here