बैंकास्याेरेन्सकाे नाममा बैंकबाट बीमा याेजना बेच्न राेक

काठमाडौं, ९ साउन । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने क्रममा बैंकासुरेन्सकाे नाममा ग्राहकलाइ जथाभावी बीमा याेजना बिक्री गर्ने कार्यमा नेपाल राष्ट्र बैंकले राेक लगाएकाे छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ काे माैद्रिक नीतिमार्फत यस्ताे व्यवस्था गरेकाे हाे ।

माैद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरन्जिबी नेपालले भने, ‘बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गरिनेछ ।’

यसअघि बैंक तथा वित्तीय संस्थाहरूले बैंकास्याेरेन्सकाे नाममा कर्जा लिने ग्राहकलाई दबाब दिइ विभिन्न बीमा कम्पनीका बीमा याेजना बिक्री गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here