अवैध रुपमा आयात भएका मोबाइलको प्रयोग रोक्न एमडीएमएस सिस्टम लागू, दर्ता नभएका नचल्ने

photo source: UNICEF

काठमाडौं, ३० भदौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ। विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको हो ।

प्राधिकरणका अनुसार यो प्रणाली लागू भएसँगै विदेशबाट ल्याइएका सबै मोबाइल दर्ता गर्नुपर्छ। प्राधिकरणका अनुसार दर्ता नगराइएका मोबाइल सञ्चालन हुने छैनन्।

भदौ ३० गतेभित्र ल्याइका मोबाइल भने यो प्रणालीमा स्वत: दर्ता हुनेछन्। भदौ ३० (बिहीबार) पछि भित्रिने मोबाइल भने अनिवार्य दर्ता गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

मोबाइको आईएमईआई नम्बर प्राधिकरणको वेबसाइटमा गएर दर्ता गराउन सकिन्छ।

यस्तै प्राधिकरणले बिहीबारपछि खरिद गर्दा मोबाइल सेट नेपाल दूरसंचार प्रणालीको एमडीएमसी प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए /नभएको एकिन गरेर मात्रै खरिद गर्न अनुरोध गरेको छ।

चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो।

यस्तै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिदबिक्री गर्न प्राधिकरणले सचेत गराएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here