मञ्जुश्री फाईनान्सको २७ औं शाखा उद्घाटन, नयाँ शाखा ललितपुरको कुमारीपाटीमा

काठमाडौं, १२ असोज । मञ्जुश्री फाईनान्स लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.५ कुमारी पाटीमा आफ्नो २७ औं शाखा उद्घाटन गरेको छ ।

मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत श्री दामोदर प्रसाद गौतम तथा मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्ष श्रीमती इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

यो सहित मञ्जुश्री फाईनान्सको शाखा संख्या २७ पुगेको छ । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रिय कार्यालय रहेको मञ्जुश्री फाईनान्सको नारायणगढ, बुटवल, न्यूरोड, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान पोखरा विरगञ्ज, मुर्गियामा शाखा रहेको छ ।

त्यस्तै योगिकुटी, मनीग्राम, भैरहवा, गैडाकोट, भरतपुर, टाँडी, पर्सा बजार, इनरुवा, झुम्का, विराटचोक, चावहिल, हेटौंडा, गंगबु र कलंकीमा शाखा कार्यालय रहेको छ ।

२०७९ साल भाद्र मसान्त सम्म रु. १अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ११.५२ अर्ब निक्षेप संकलन गरि रु १०.८८ अर्ब कर्जा परिचालन गरेको छ ।

यसका साथै फाईनान्सले विप्रेशण,मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ
मञ्जुश्री फाईनान्सको २७ औं शाखा ललितपुरको कुमारीपाटीमा, बुधवार उद्घाटन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here