इण्डोनेसियामा फुटबल खेलका दौरान भएको हिंसामा १२९ मारिए

जाकार्ता, १६ असोज । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तिमा १२९ जना मारिएका छन् । १८० भन्दा बढी घाइते छन् । मृतकको संख्या अझै बढ्न सक्ने समाचार एजेन्सीहरुले जनाएका छद्धन् ।

समाचार एजेन्सी एएफपीले जनाए अनुसार हारेको पक्षले मैदानमै छिरेर आक्रमण गरेको थियो । रोयटर्सका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा यस्तो हिंसा भएको बताएको छ ।

हार्ने पक्षका समर्थकले पिचमा आक्रमण गरे बताइएको छ । भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास हानेको थियो । मृत्यु हुनेमा खेलाडी परे नपरेको पुष्टी भइसकेको छैन । इण्डोनेसिया फुटबल क्रेज बढी भएको मुलुकमा पर्छ । नेपाली डिफेण्डर रोहित चन्द यसै मुलुकमा व्यवसायिक फुटबल खेल्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here