बच्चाहरु घुँडा टेकेर बस्छन् ? हुन सक्छन् यस्ता समस्या

सामान्यतया २/३ वर्षबीचका बच्चाहरु लामो समयसम्म एकै स्थानमा एउटै तरिकाले बस्ने गरेको पाईन्छ ।

यस उमेरका धेरैसजो बच्चाहरु घुँडा टेकेर बस्न मन पराउँछन् । यस्तो अवस्थामा बच्चाहरु दुवै खुट्टा फर्काएर अंग्रेजी अक्षर ‘डब्लु’ को आकारमा बस्ने गर्छन् ।

बच्चाहरु यसरी बस्दा उनीहरुलाई धेरै प्रकारका समस्याहरु हुने चिकित्सकहरु बताउछन् । अभिभावकहरुले यस कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।

यसरी बस्नुलाई एक स्वास्थ्य समस्याको रुपमा व्याख्या गर्ने गरेको पाईन्छ । धेरै समयसम्म घुँडा टेकेर बस्दा मेरुदण्ड र कम्मरको तल्लो भाग दुख्ने गर्छ ।

जसकारण बस्दा अप्ठ्यारो हुने र धेरै प्रकारका समस्याहरु हुने गर्छ । लगातार एकै स्थानमा धेरै बस्दा शरीरको तल्लो भाग हिप तथा घुँडामा समस्याहरु हुने गर्छ ।

लामो समयसम्म एकै स्थानमा यस्तो पोजिशनमा बस्दा बच्चालाई निम्न अनुसारको समस्या हुन सक्छः

जोर्नीहरुमा समस्या

बच्चाहरु लामो समयसम्म एकै स्थानमा धेरै बस्दा जोर्नीहरुमा समस्या हुनुका साथै मांसपेशीहरुमा समस्या हुने गर्छ । यस्तो समस्या यसकारण पनि हुने गर्छ कि यस्तो पोजिसनमा बच्चाहरु त्यति सक्रिय हुँदैनन् जति उनीहरुको उमेर अनुसार आवश्यक हुन्छ ।

शरीरको धेरै भागहरुमा दबाब

बच्चाहरु लामो समयसम्म एकै स्थानमा बसेर टि.भी हेर्ने गर्छन् । यसरी लामो समयसम्म घुँडा टेकेर बस्दा घाँटी, काँध तथा शरीरको तल्लो भागहरुमा धेरै समस्या हुने गर्छ ।

सकेसम्म बच्चाहरुलाई लामो समयसम्म एकै स्थानमा घुँडा टेकेर बस्नबाट रोक्नुपर्छ ।

बाहिर खेल्न प्रोत्साहन गर्नुहोस्

— बच्चाहरुलाई सकेसम्म मैदानमा खेल्न दिनुपर्छ । यस्तो गर्दा उनीहरु आफ्नो शारीरिक क्षमता अनुसार हिडडुल गर्न पाउँछन् ।

— मैदानमा खेल्दा बच्चाहरुको मेरुदण्ड तथा शरीरका अन्य अंगहरु पनि मजवुत हुन्छन् ।

— बच्चाहरुलाई पढ्न र खानको लागि छुट्टाछुट्टै कुर्सी आवश्यक हुन्छ त्यसैले सजिलै बस्न सक्ने कुर्सीहरुको व्यवस्था गरिदिनुहोस् ।

(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here