नेपाल विश्वकप छनोट नजिक, कुवेतमाथि प्रभावशाली जीत

११ साउन, काठमाडौं । विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा छनोट हुन अब नेपाल एक खेलमा विजयी भए पुग्नेछ ।

अर्थातः आइतबार आयोजक सिंगापुरलाई पराजित गर्न सके सन् २०२० मा आयोजना हुने टी-२० विश्वकप प्रतियोगिताको ग्लोवल छनोटमा नेपाल खेल्नेछ ।

शनिबार आइसीसी म्यान्स टी-२० वल्र्डकप एसिया रिजन फाइनलमा कुवेतमाथि नेपालले ७ विकेटको प्रभावशाली जीत हात पार्यो ।

सिंगापुरमा टस जितेर पहिले फिल्डङ गरेको नेपालले कुवेतबाट १ सय ४२ रनको लक्ष्य प्राप्त गर्यो । कसिलो बलिङ गरेपनि सिंगापुरले पछिल्ला केही ओभरमा ठूलो रन जोड्न सकेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३ विकेटको क्षतिमा २६ बल अगाडी नै अगाडी नै लक्ष्य भेट्यायो ।

नेपालको इनिङमा कप्तान पारस खड्का नायक रहे । उनले ४२ बलमा ६८ रन बनाउँदै नेपालको जीत सुनिश्चित गरे ।

शनिबार नेपालले आफ्नो वास्तविक क्षमता अनुसार ब्याटिङ गर्यो । उपकप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा १९ रन जोडे । शरद भेष्वाकरले ३८ रन बनाउँदै कप्तान खड्कालाई साथ दिइरहे ।

उता, पहिले ब्याटिङ गरेको कुवेतलाई सस्तैमा रोक्ने क्रममा नेपालका स्पीनर हावी भए ।

संन्दिप लामिछाने र बसन्त रेग्मीका नाममा ३\३ विकेट रह्यो । करण केसीले २ विकेट लिए । अविनास बोहोराले १ विकेट लिए ।

कुवेतका मोहम्मद कासिफले ४९ रन बनाएका थिए । उनले ३६ बलमा ४ छक्का प्रहार गरेका थिए । नेपाल र सिंगापुरबीच आइतबार निर्णायक खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here