पिपल्स पावर नेप्सेमा सूचीकृत, सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौं, २८ असोज । पिपुल्स पावरको ६३ लाख २६ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । बिहीबार पिपुल्स पावर र नेपाल स्टक एक्सचेन्जबीच सूचीकरण सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटललाई चयन गरेको छ । पिपुल्स पावरको प्राथमिक सेयर निष्काशन प्रभु क्यापिटल मार्फत भएको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई १० प्रतिशत, सर्वसाधारण लगानीकर्ता सेयरधनी ९सामूहिक लगानी कोष र कर्मचारीहरु समेत० लाई ३९ प्रतिशत र कम्पनीका संस्थापकहरुले ५१ प्रतिशत सेयर वितरण गरेको थियो ।

सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पिपुल्स पावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनश हितग्राहीको खातामा जम्मा गर्ने, सेयर रोक्कालगायतका काम गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here