‘आईएमई साथैमा मोबाइल हातैमा, १०लाख खातैमा’ योजनाको साप्ताहिक विजेता सार्वजनिक

काठमाडौं, २८ असोज । आईएमईले सेवाग्राहीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक दशैं अफर अन्तर्गत पाँचौं र छैटौं हप्ताका विजेता घोषणा गरेको छ ।

बिहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत नतिजा सार्वजनिक गरिएको हो । दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आईएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः सान्त्वना धोधरी र जीतमान गोम्बो तमाङ्ग पाँचौं हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् ।

त्यस्तै पदम कुमारी विक र किशोर तमाङ छैटौं हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । विक र तामाङले क्रमशः ओमान र मलेसियाबाट आईएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । कम्पनीका अनुसार बिजेताले जनही २५ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् ।

योजना अन्तर्गत अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सबिन थोप्रा, संजीवकुमार शाह, आशिष सोनाम, नइन्द्र गुरुङ र रबी बडुवाल पाँचौं हप्ताका र मदनलाल कालुराम, देवबहादुर बकावल, वीरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अलि खान र खेमबहादुर लिम्बु छैटौं हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । विजेता छनोट भएका प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । यो अफरमा कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here