एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं, ३० असोज । सुनको मूल्य एकैदिन प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबारको छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको मूल्य ह्वात्तै घटेको दिन चाँदीको मूल्य समेत घटेको छ ।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा ११ सय ८५ रुपैयाँ कायम थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here