स्मार्टफोनको माग ९ प्रतिशत घट्यो, प्रमुख कारक आर्थिक संकट

काठमाडौं । अहिले जमाना स्मार्टफोनको छ । स्मार्टफोनबाटै धेरै काम गर्न सकिने भए पछि सबै यसबाट मोहित छन् । स्मार्टफोनलाई लोकप्रिय बनाउन यसमा भएको अपरेटिङ सिस्टमले महत्वपूर्ण भूमिका खेलेको छ ।

प्राय: सबैले प्रयोग गर्दै आएको स्मार्टफोनको माग इतिहासमै पहिलो पटक घटेको छ । आर्थिक संकटको मार स्मार्टफोनमा पनि परेको छ ।

बजार अनुसन्धान फर्म क्यानालिसका अनुसार तीन महिनामा विश्वभर स्मार्टफोनको ढुवानी ९ प्रतिशतले घटेको छ ।

विश्वव्यापी स्मार्टफोन बजारमा सन् २०१४ पछि सन् २०२२ को पछिल्लो ३ महिनामा व्यक्तिलाई परेको मूल्यवृद्विले असर पारेकाले असर परेको हो।

कोभिड–१९ लकडाउनले स्मार्टफोन बिक्रीको गति घटाउन प्रमुख भूमिका खेलेपनि बजारमा २०१४ पछि उच्च रुपमा माग घटेको तथ्यांकले देखाएको छ।

चीनमा उल्लेख्य उपस्थिति नभएको सामसङ इलेक्ट्रोनिक्स कम्पनीले बजारको २२ प्रतिशतका साथ आफ्नो अग्रणी विश्वव्यापी स्थानमा रहेको, भारी छुट र प्रवर्द्धनले सहयोग गरेको तथ्यांकले देखाएको छ।

मागमा गिरावट थप नौ महिनासम्म जारी रहने सम्भावना रहेको क्यानालिसले जनाएको छ। स्मार्टफोन घट्नुमा चीन पनि कारक देखिएको छ। विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजार चीनमा यो वर्ष १८ प्रतिशतले सिपमेन्ट घट्ने अनुमान गरिएको थियो ।