कांग्रेसको घोषणापत्र: उद्योग संरक्षणका लागि कर्जामा फरक व्याज तोक्ने (पूर्णपाठ)

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

कांग्रेसले उद्योगको व्यवसायिकीकरण र लगानी प्रवद्र्धन गर्न लचिलो श्रम नीति र स्वच्छ ऊर्जाको उपयोगमा अनुदान दिने नीति लिएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी संकल्पपत्रमा कांग्रेसले नेपालमा उच्च सम्भावना एवं आत्मनिर्भर हुँदै गरेका उद्योगको संरक्षणका लागि कर्जामा फरक व्याज तोक्ने, नवीन र गतिशील उद्योगलाई प्रवद्र्धन गर्ने जनाएको छ ।

प्रत्यक्ष विदेशी लगानीको सहजीकरण गर्न कम्पनी दर्ता, लगानी स्वीकृति आदि स्वचालित प्रक्रियाबाट गर्ने, विश्वसनीय लगानीकर्ताले ‘फास्ट ट्रयाक’मा रकम भित्र्याउन सक्ने, विदेशी वित्तीय संस्थाबाट ऋण लिने, गैरआवासीय नेपालीले विदेशी मुद्रामा गरेको बचत र लगानीमा भएको नाफा फिर्ता लैजान पाउने व्यवस्था गरिने सङ्कल्पपत्रमा उल्लेख छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here