एशिया क्षेत्रको आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण, अधिकांश देश ऋणको पासोमा पर्ने चेतावनी

काडमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले एशिया क्षेत्रको आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

एशिया तथा प्रशान्त क्षेत्रको इकोनमिक आउटलुक सार्वजनिक गर्दै उसले सन् २०२२ मा विश्वको औषत आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहेकोमा एशिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धि ४ प्रतिशत हुने जनाएको छ ।

चीनमा सन् १९७७ न्यून आर्थिक वृद्धि हुने आईएफएफले जनाएको छ । सन् २०२२ मा एशिया प्रशान्त क्षेत्रको औसत आर्थिक वृद्धिदर ४ प्रतिशत कम ३।२ प्रतिशत आर्थिक वृद्धि चीनमा हुने आईएमएफको अनुमान छ ।

रसिया युक्रेन युद्ध र चिनियाँ अर्थतन्त्रमा आएको गिरावटले समग्र एशिया प्रशान्त क्षेत्रको अर्थतन्त्रमा समस्या परेको आईएमएफको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, सन् २०२३ मा एशिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर विश्वको औसत आर्थिक वृद्धिभन्दा बढी छ ।

कोरोना महामारीका क्रममा उच्च दरमा कर्जा लगानी हुँदासमेत आर्थिक वृद्धि न्यून भएको आईएमएफले जनाएको छ । ब्याजदर वृद्धि र आर्थिक गतिविधिमा आएको संकुचनले सरकारको कोष कमजोर हुने र थप ऋण लिनु पर्ने अवस्था आउने आईएमएफको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here