५ लाखसम्म बिना धितो ऋण, व्यवसायको बीमा प्रिमियममा ९० प्रतिशत अनुदान (पूर्णपाठ)

काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

पार्टी मुख्य कार्यालय पेरिस डाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

प्रतिबद्धतापत्रमा माओवादी केन्द्रले गरिबीको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाखसम्मको बिउ पुँजी बिना धितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने जनाएको छ ।

यस अनुसार सञ्चालित व्यवसायको बिमा गर्दा प्रिमियममा ९० प्रतिशत अनुदान दिने व्यवस्था गरिने घोषणा गरेको छ।

सहरी विपन्न नागरिकहरुलाई परियोजना धितोमा सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने छ। वास्तविक भूमिहीन सुकुम्बासीहरुलाई भूमिको लालपूर्जा र आवासको प्रबन्ध गर्ने बताएको छ।

सहरी क्षेत्रका विपन्न परिवारको आवासको लागि सामुदायिक आवास भवन निर्माण गरिनेछ । विपन्न परिवार जोखिमपूर्ण तवरले नदी किनार तथा अन्य सार्वजनिक स्थलहरुमा बसोबास गर्नुपर्ने अवस्थाको अन्त्य गरिने जनाइएको छ ।

राप्रपा र नेकपा एकीकृत समाजवादी पार्टीले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here