‘एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुनै सक्दैन्, एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्छ’

फाइलफोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुन नसक्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार किरण पौडेलको निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा ओलीले आगामी चुनावमा आफ्नो पार्टीको एकल बहुमत नआएको खण्डमा देशमा दुर्भाग्य हुने चेतावनी समेत दिए ।

ओलीले परमादेशमार्फत एमालेको सरकार ढालेपछि देशको बेहाल भएको टिप्पणी गरे । सर्वोच्च अदालतभित्रै अराजकता मौलाएको उनको भनाइ छ ।

ओलीले भने, ‘त्यो यस्तो काम गरेछ अदालतले, त्यस दिनदेखि अदालत बेहाल अवस्थामा छ । कानूनविद्, वरिष्ठ अधिवक्ताको बहस, तमासा, सर्वोच्चको प्राङ्गणमा कम्फु कराँते, हडताल सबै देखियो । वकिलले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिनेसम्मको कस्तो क्रियाकलाप ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here