काठमाडौं । क्यानडाले अबको ३ बर्षभित्र १४ लाख भन्दा बढी विदेशीहरुलाई कामदारका रुपमा भित्र्याउने भएको छ । क्यानडाले २०२३, २०२४ र २०२५ मा गरेर १४ लाख भन्दा बढीलाई स्थायी बासिन्दाको रुपमा भित्र्याउन लागेको हो ।
२०२५ मा ५ लाख नयाँ स्थायी बासिन्दा थप गर्ने भएको छ । जुन हासम्मकै रेकर्ड हुनेछ । ‘देशले चरम श्रम अभव बेहोरेको भन्दै आगामी दुई वर्षमा यस्तो कदम चालिएको हो’ अध्यागमन मन्त्री शन फ्रेजरले मंगलबार भने ।
क्यानडाले अब २०२३ मा ४ लाख ६५ हजार नयाँ स्थायी बासिन्दाहरूलाई स्वागत गर्ने अपेक्षा गरेको छ । अघिल्लो लक्ष्यको तुलनामा २०२४ मा ४ लाख ८५ हजार नयाँ बासिन्दा भित्र्याउने छ ।
यस वर्षको अध्यागमन स्तर योजनाले व्यवसायहरूलाई उनीहरूलाई चाहिने कामदारहरू फेला पार्न मद्दत गर्ने फ्रेजरले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले थपे कि ‘नयाँ लक्ष्यहरूले क्यानाडालाई आफ्नो देशमा हिंसा र युद्धबाट भाग्नेहरूलाई मद्दत गर्ने प्रतिबद्धताहरू पूरा गर्न अनुमति दिनेछ । \’
क्यानडाले सरकारी सहायता प्राप्त शरणार्थीहरूको संख्यालाई झन्डै एक तिहाइले घटाउने अनुमान गरिएको छ ।
अनुबाद- रोयटर्स