‘हिरो एक्सप्लोर २००’ सवार ३० राइडर लोमान्थाङ प्रस्थान

काठमाडौं । हिरोको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ‘हिरो एक्सपल्स २००’ का ग्राहकहरुलाई लोमन्थाङ लगेको छ।

कम्पनीले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै एनजीएम हिरोको आयोजनामा भएको ‘एक्सप्लोर वीथ एक्सपल्स २००’ राइड कार्यक्रममा सहभागी राइडहरुको टिम काठमाडौंबाट लोमान्थाङ प्रस्थान गरेको हो ।

आजबाट सुरु भएको यो राइड ७ दिनको हुनेछ । यसमा करिब ३० जनाभन्दा बढी एक्सपल्स २०० चढ्ने ग्राहकहरु सहभागी भएको कम्पनीले जनाएको छ।

यो यात्रामा राइडहरु काठमाडौं, पोखरा, बेनी, लेते, जोमसोम, कागवेनी, मुक्तिनाथ हुँदै लोमान्थाङसम्म पुगेर फर्किने छन् ।

आजदेखि सुरु भएको राइड कार्यक्रममा फ्ल्यागअफ गर्दै अनुशासित तवरले सर्तकताका साथ राइड सम्पन्न गर्नका लागि अनुरोध गर्दै कम्पनीका अध्यक्ष अभिक ज्योतीले सफलाताको शुभकामना प्रदान गरेको थिए । यो यात्रामा राइडहरुले ९०० किलोमिटर यात्रा गर्नेछन् ।

हिरो एक्सपल्स २०० नेपाली बजारमा लोकप्रिय एड्भेन्चर मोटरसाइकल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here