‘लगानीमैत्री वातावरणबाट आर्थिक समृद्धि आजको आवश्यकता’ -दुर्गा विक्रम थापा

काठमाडौ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरूले धमाधम नेता तथा कार्यकर्ताहरु सगँ भेटघाट तथा अन्र्तरक्रियामा व्यस्त छन ।

राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौ क्षेत्र नं ३ का प्रतिनिध सभा तर्फबाट उमेदवार दुर्गा विक्रम थापा तथा नेपाल पश्मिना उद्योग संघका पधातिकारीहरु विच बुधबार शुभकामना तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पश्मिना उद्योग संघका निर्वतमान अध्यक्ष समेत रहेका थापालाइ संघका पधाधिकारीहरुले आगामि हुने प्रतिनिध सभा सदस्य निर्वाचनमा साथ सहयोग गर्ने प्रतिबधता समेत व्यक्त गरे ।

शुभकामना तथा भेटघाट कार्यक्रमलाइ सम्बोधन गदै दुर्गा विक्रम थापाले निर्यातमुखि उत्पादनमा जोड दिएका छन । देशमा उत्पादन भएका उत्पादकत्वलाइ विदेशमा निर्यात गरी आर्थिक समृदि तर्फ लाग्न पर्नेमा जोड दिएका छन ।

उनले देशमा हुने गरेका विकाश निर्माण कार्यहरुमा ढिलासुस्तिका कारण राष्ट्रका बजेट खेर गइरहेकामा समेत बताए।

उनले भने, ‘ लाखौ युवा युवतिहरु अध्यायन पश्चात रोजगारीका लागु बाहिर जानु पर्ने स्थितिलाइ निर्यन्त्रण गर्न व्यवसायिक सिप मुलक तालिम दिने बैकिङ क्षेत्रसगँ जोडेर स्वरोजगारमुखि व्यबसाय सञ्चालन गर्ने वाताबरण बनाउन पर्ने आजको आवश्यकता रहेको छ।’