गोकर्ण विष्टलाई झड्का, एमाले नेता शेषकान्तको साथ रामकुमारी झाँक्रीलाई

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टलाई चुनावी झड्का लागेको छ ।

नेकपा एमालेका एकजना असन्तुष्ट नेता शेषकान्त गौतमले नेकपा एकीकृत समाजवादीबाट गुल्मी क्षेत्र नम्बर २ की उम्मेदवार रामकुमारी झाँक्रीलाई साथ दिने घोषणा गरेसँगै विष्टलाई झड्का लागेको हो ।

आइतबार पार्टीका प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई चुनावमा सहयोग गर्न आह्वान गरेका छन् ।

उनले एमाले उम्मेदवार विष्टमाथि एमाले विभाजनमा भूमिका खेलेकाे लगायतका आराेप लगाउँदै झाँक्रीलाई मत मागेका छन् ।

कफी विकास बोर्डका अध्यक्ष पनि भइसकेका उनी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन्।

‘आन्दोलनबाट खारिएकी एक शसक्त र जुझारु युवा कमरेड रामकुमारी झाँक्रीलाई प्रतिनिधिसभामा गुल्मी २ का मतदाताले विजयी गराउनुपर्ने उचित ठानेको छु’, उनले आइतबार जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनले झाक्रीलाई मत दिएर विजयी गराउन आह्वान गरेका हुन् । गौतमले विष्टप्रति लक्षित गर्दै विगतमा पार्टी फुटाउन भूमिका खेलेको र अहिले जिल्लामा काम गरेका नेता कार्यकर्तालाई अमर्यादित व्यवहार गरेको गुनासो गरेका छन् ।

यो पटक पनि चुनाव जितेमा उनी गुल्मी २ बाट ह्याट्रिक पूरा गर्नेछन् ।

२०५६ सालको निर्वाचनदेखि सोही क्षेत्रमा लगातार उम्मेदवार बन्दै आएका विष्ट २०६४ सालको निर्वाचन हारेका थिए भने त्यसपछि २०७० र २०७४ को निर्वाचन जितेका थिए ।

तर, यसपटक भने उनलाई चुनाव जित्न सजिलाे देखिएकाे छैन । एकातर्फ वाम लोकतान्त्रिक गठबन्धन बनेको अवस्थामा अर्काेतिर विष्टलाई पार्टी भित्रबाट नै असहयोग देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here