काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
गोरखा–२ मा गठबन्धनका उम्मेदवार रहेका प्रचण्डले आइतबार गोरखाको विकासका लागि ४५ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।
उनले सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने भन्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।
उनले गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात गर्ने पनि तर्क गरेका छन्।
उनले पालुङटार एयरपोर्टलाई पुनः सुचारु गर्नेदेखि पालुङटारलाई मौलिक स्मार्ट सिटीको रूपमा विकास गर्ने, बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गर्नुका साथै अन्य जलविद्युतका सबै सम्भावनाहरुलाई अघि बढाउने प्रतिबद्धता गरेका छन् ।
उनले गोरखा जिल्ला नेपालको भौगोलिक एकीकरण र विस्तारको दृष्टिकोणबाट ऐतिहासिक भएको इतिहास साछी रहेको भन्दै विभिन्न कालखण्डमा विभिन्न ढंगले संगठित रूपमा अन्याय र अत्याचारविरूद्ध संघर्ष गर्दै परिर्वतन र अग्रगमनको पक्षमा निरन्तर रूपमा उल्लेखनीय भूमिका निर्वाह गरेको प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
प्रचण्डका प्रतिबद्धताको पूर्णपाठ

























