किन बेचे मस्कले टेस्लाको करिब ४ अर्ब डलरको शेयर

काठमाडौं । टेस्ला तथा ट्वीटरका मालिक एलन मस्कले इलेक्ट्रिक कार निर्माता कम्पनीको थप ३ दशमलव ९५ मिलियन सेयर बेचेका छन्।

अमेरिकी वित्तीय निगरानी कार्यक्रममा फाइलिङ गर्दै १९ दशमलव ५ मिलियन मूल्यको कम्नीको सो बराबरको सेयर विक्री गरेका हुन् । विश्वका सबैभन्दा धनी व्यक्तिले ट्विटरमा आफ्नो ४४ अर्ब डलरको अधिग्रहण पूरा गरेको दुई हप्ताभन्दा कम समयपछि यो समाचार आएको हो।

त्यसो त टेस्लाको शेयर मूल्य यस वर्षको सुरुदेखि ५० प्रतिशतभन्दा बढीले घटेको छ। अर्को कुरा, टेस्लाले पावर स्टेयरिङमा सम्भावित समस्याको कारणले अमेरिकामा आफ्ना ४० हजार भन्दा बढी गाडीहरू फिर्ता गरिरहेको छ।

पछिल्लो हप्तामा भएको पछिल्लो बिक्रीको कारण भने अझै खुलाइएको छैन।

यस वर्षको सुरुमा ट्वीटरमा शेयर खरिद गरेको घोषणा गरेपछि टेस्ला शेयरको कुल मूल्य लगभग २० बिलियन लागु भएको हो । उनले यस वर्ष अप्रिलमा टेस्लाको ८ दशमलव ५ अर्ब डलर र अगस्टमा ७ अर्ब डलरको स्टक बेचेका थिए ।

मंगलबार टेस्लाले सम्भावित पावर स्टेयरिङ समस्याका कारण अमेरिकामा आफ्ना ४०,००० भन्दा बढी कार फिर्ता बोलाएको थियो।

विद्युतीय कार निर्माताले सवारी साधनको पावर स्टेयरिङ असिस्ट सिस्टम कच्चा सडकमा वा खाल्डोमा खसेपछि असफल हुन सक्ने बताएको छ ।

नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले भन्यो विशेष गरी कम गतिमा, दुर्घटना जोखिम बढी भएको ठाउँमा ठूलो स्टेयरिङ आवश्यक पर्दछ ।
टेस्लाले प्रणाली पुन क्यालिब्रेट गर्न सफ्टवेयर अपडेट जारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here