नदी किनारका सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरको १० दिने ‘अल्टिमेटम’

काठमाडौं । वागमती सभ्यता एकीकृत विकास समिति काठमाडौं उपत्यका नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेको छ ।

शुक्रबार एक सुचना जारी गर्दैै समितिले नदी किनारामा अनाधिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन १० दिन समय दिएको हो ।

पटक–पटक सार्वजनिक सूचनामार्फत जानकारी गराउँदा पनि वेवास्ता गरी हालसम्म पनि नदीको दूबैतर्फ बसेका बस्तीहरु खाली गरेको नपाइएपछि पुनः सूचना जारी गरिएको समितिले जनाएको छ । समितिले मंसिर ४ गतेभित्र अनिवार्य रुपमा त्यस्ता घर टहराहरु हटाउन भनेको छ ।

समितिले अब पनि नदी किनारा खाली नगरे काठमाडौँ महानगरपालिकासहित सरोकारवाला निकायसँगको सहयोगले आफैँले भत्काउने चेतावनी दिएको छ ।

‘काठमाडौं उपत्यका भित्रका बागमती र यसका सहायक नदी किनाराहरुमा तोकिएको मापदण्डभित्र अनाधिकृत रुपले बनाइएका घररटहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरुका कारण नदीको दुबै किनारातर्फको सौन्दर्यीकरण कार्यमा गम्भीर अवरोध पर्न गएको हुँदा पटक–पटक सार्वजनिक सूचना मार्फत सूचित गर्दा पनि उक्त सूचनाको वेवास्ता गरी हालसम्म पनि नदीको दायाँ बायाँ किनारा खाली गरेको नपाइएको हुँदा सूचना मिति २०७९ मङ्सिर ४ गतेसम्म अनिवार्य रुपमा त्यस्ता घररटहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरु हटाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here