‘ब्लू टिक’ले मासिक ८ डलर तिर्नुपर्ने नियम खारेज, फर्जी खाता नै प्रमुख बाधक

काठमाडौं । ट्वीटरमा ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्काल लागू नहुने भएको छ ।

१ नोभेम्बरमा घोषणा गरिएको यस्तो व्यवस्थामा अमेरिकी मध्यावधि चुनावपछि ८ नोभेम्बरबाट अमेरिका, क्यानडा, न्यूजिल्याण्ड र अष्ट्रेलियामा सुरु भएको थियो ।

तर, यी देशहरूबाट कयौं फर्जी ट्वीटर अकाउन्टले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गर्न थालेपछि ट्वीटरले शुक्रबारबाटै ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।

पैसा तिरेर ट्वीटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरुपयोग गर्दै अमेरिकामा एकजना व्यक्तिले एली लिली एण्ड कम्पनी नामक औषधि कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरेका थिए ।

आफ्नो कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध रहेको भनेर ट्वीट गरे । आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्वीट गरेपछि कम्पनीले सार्वजनिक रुपमा माफी माग्न परेको थियो ।

ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गर्न थालेपछि ट्वीटरले शुक्रबारबाटै ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।

मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्वीटर अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरूले प्राप्त गर्दथे ।

तर, मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हरेक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्नसक्ने बनाएका थिए ।

यो ट्वीटरसँगै कम्पनीको शेयर खस्किँदा कम्पनीलाई १ लाख २० हजार करोड घाटा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here