जब दुई विमान अमेरिकाको आकासमै ठोक्किए….

काठमाडौं\एजेन्सी । अमेरिकामा दुई विमान आकासमै ठोक्किएका छन् । यो घटना अमेरिकी राज्य डलासमा एयर शोका दौरान भएको हो । घटनामा द्वितीय विश्व युद्धकालिन दुई विमान आकासमै ठोक्किएका छन् । दुर्घटनामा कति मानिस हताहती भए वा जिवित छन् भन्ने नखुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटना हुने समयमा दुबै विमान जमिनको नजिकबाट उडिरहेका थिए । सोशल मीडियामा राखिएका भिडियोमा दुई विमान ठोक्किएपछि एक विमान दुई टुक्रा हुन्छ । जब यो जमिनमा खस्छ, त्यसपछि आगलागी हुन्छ । दुई विमानमध्ये एउटा बोइङ बी १७ फ्लाइङ फोर्ट्रेस हो ।

दुबै विमानलेविंग्स ओवर डलास एयर शोमा भाग लिएका थिए । यसलाई द्वितीय विश्व युद्ध एयर शोका नामबाट समेत चिनिन्छ । अमेरिकी फेडेलर एविएशन एटमिनिस्ट्रेशनले शनिवार भएको यस घटनाको जाँच शुरु गरेको जनाएको छ । बोइङ बी १७ विमानले द्वितीय विश्व युद्धमा जर्मनी विरुद्ध युद्ध जित्न निर्णयक भूमिका निभाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here