बस्तीमा प्लेन खस्यो, दर्जनौं हताहती

इस्लामावाद, १४ साउन । पाकिस्तानमा मंगलबार बिहानै एक सैन्य जहाज बस्तीमा खस्दा दर्जनौं मानिसको हताहती भएको अन्तरराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

पाकिस्तानको राजधानी इस्लामाबाद नजिकै रावलपिंडिमा यो दूर्घटना भएको हो । सैनिकको सानो जहाज रिहाशी भन्ने क्षेत्रको वस्तीमै दूर्घटनामा परेको हो ।

दूर्घटनामा अहिलेसम्म १५ को निधन भइसकेको र त्यसमध्ये १० जना स्थानीय सर्वसाधारण रहेको समाचारमा उल्लेख छ ।

५ जना भने विमानमा सवार थिए । घरको छत मै जहाजका टुक्रा देखिएको र दूर्घटना स्थलबाट धुवाको मुस्लो उठेको थियो ।

घटनापछि सेनाले उक्त क्षेत्र आफ्नो नियन्त्रणमा राखी उद्दार शुरु गरिसकेको बताइएको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here