हवाई सुरक्षा बढाउन पोखरा–जोमसोम रुटमा राखिदैछ क्यामरा, महाविर पुनको आविष्कार केन्दसँग सम्झौता

काठमाडौं, २८ कात्तिक । हवाई सुरक्षा बढाउन पोखरा–जोमसोम रुटमा क्यामरा जडान हुने भएको छ । यो बढी दुर्घटनामा पर्ने रुट हो । यसै वर्षमात्र तारा एयरको जहाज यहाँ दुर्घटनामा परेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार महाविर पुनको कम्पनी राष्ट्रिय आविष्कार केन्द्रसँग क्यामरा जडान गर्ने सम्बन्धमा समझदारी भएको छ । यस्तो क्यामराले मौसमी सूचना निरन्तर प्रवाह गर्ने भएको छ ।

जसले हवाई उडानका दौरान पाइलटलाई आकासको मौमसी अवस्थाबारे जानकारी लिन सहज हुने भएको छ । पछिल्लो समय दुर्गम भेगको सुरक्षा विश्लेषण नगरी जहाज उडानमा प्राधिकरणले कडाई गरेको छ । यसले समेत हवाई सुरक्षा अभिवृद्धि हुने प्रािधकरणको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here