चुनावी प्रचारमा बढ्न थाले झडप र आक्रमण, आयोगको ध्यानाकर्षण

File

काठमाडौं, २८ काठमाडौं । चुनावी प्रचार प्रसारका क्रममा दलका कार्यकर्ताले एक अर्का विरुद्ध भौतिक आक्रमण गर्न थालेका छन् । पछिल्लो केही दिनयता यस्तो झडपका घटना बढेका हुन् । यसले निर्वाचन सुरक्षामा समेत प्रश्न उठाएको छ । उता, निर्वाचन आयोगले समेत सम्बन्धित पक्षलाई निर्वाध चुनावी प्रचार प्रसारको वातावरण बनाउन ध्यानाकर्षण गरेको छ ।

आइतबार दार्चुलाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारको क्रममा झडप भएको छ । झडपमा परी दुई जना घाइते भएका छन् । नौगाड गाउँपालिका ६ खेडमा प्रचारप्रसारमा खटिएको सत्ता गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कार्यकर्ता बीच झडप भएको हो ।

आइतबार नै चितवनमा स्वतन्त्र पार्टीका उम्मेदवार रवी लामिछानेको गाडीमाथि आक्रमण भएको छ । आक्रमणका दौरान गाडीमा क्षति पुगेको छ ।

सोमबार गोर्खामा समेत एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको बताइएको छ । सो क्रममा एक जना घाइते भएको एमाले कार्यकर्ताहरुले सामाजिक सञ्जालमा लेखेका छन् । आयोगले भने यस्ता घटनाबारे सचेत हुन गृह प्रशासनलाई ध्यानाकर्षण गराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here