डा. तोसिमा कार्कीको उम्मेदवारी कायमै, अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गरेको छ ।

निर्वाचन आयोगले दिएको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो ।

त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको थियो ।

आयोगको निर्णयविरुद्ध डा. कार्कीले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उम्मेदवारी खारेजीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

उक्त आदेशमा असन्तुष्टि जनाउँदै आयोगले सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको थियो । उक्त निवेदनबाट सोमवार सुनुवाइ भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here