जनकपुर-जयनगर रेल सेवा आजबाट चार दिनसम्म बन्द

फाइलफोटो

काठमाडौं । नेपालको एक मात्र रेल जनकपुर–जयनगर रेल आजबाट बन्द भएको छ । रेल आगामी चार दिनसम्म बन्द रहने रेल्वे कार्यालयले जनाएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुने भएको छ। मंसिर १ गते बिहीबार देखि मंसिर ४ गतेसम्म रेल सेवा सञ्चालन नहुने केन्द्रीय कार्यालयका प्रबन्ध संचालक निरन्जनकुमार झाले जानकारी दिए ।

सोमबारबाट भने नियमित समयमा रेल सञ्चालन हुनेछ । कार्यालयले बुधबार एक सूचना जारी गर्दै रेल सञ्चालन बन्द हुनेबारे जानकारी दिएको हो। निर्वाचनको समयमा सीमा नाका बन्द हुन्छ । आजबाट भारतसँगका सीमा नाका बन्द गरिने भएका कारण रेल समेत बन्द हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here