अशोक लेलैण्डका गाडी किन्दा ज्योति विकास बैंककाे ७० प्रतिशत कर्जा सुविधा

काठमाडाैं, १४ साउन । आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंक लिमिटेड बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट डि.जि.एम्. सुशिल कुमार शर्मा र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका हुन्

सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा ज्योति विकास बैंक लिमिटेडबाट पाउने भएका छन् ।

ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए ।

कर्जा सुविधा मात्र नभई दुवै कम्पनी बीच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको बताइएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुपले रेमिटेन्स, बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स लगायतका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here