आइएमई पेको हवाई यात्रा अफर, १ रुपैयाँमा हवाई टिकट

काठमाडौं । विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पेले आसन्न आमनिर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ ।

अफरअनुसार आइएमई पे एपमार्फत हवाई टिकट काट्नेमध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ रुपैयाँमा सो टिकट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नुपर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले १ रुपैयाँ बाहेकको पूर्ण मूल्य क्यासब्याक स्वरूप पाउने छ ।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ १ रुपैयाँमा हवाई टिकट अफर सार्वजनिक गरिएको हो ।
अफर कात्तिक ३० देखि मंसिर ९ गरी जम्मा १० दिनसम्म कायम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here