प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि देशभर मतदान शुरु

काठमाडौं, ४ मंसिर । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आज देशैभर मतदान सुरु भएको छ । मतदाता विहान ७ बजे मतदान स्थल पुगेर मतदान गरेका हुन् ।

देशभर प्रत्येक्षतर्फ १६५ सिटका लागि २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्य १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

यस्तै, प्रदेश सभाका लागि ३२२४ जना उम्मेदवारमा २१३० जना दलका र १०९४ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here